राजनीति
संघीयता कसैको दबाबबाट होइन, कांग्रेसले ल्याएको होः गगन थापा

काठमाडौँ, जेठ २३-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा संघीयता कसैको दबाबमा नभई कांग्रेसले नै ल्याएको दाबी गरेका छन्। शुक्रवार धरानमा आयोजित पार्टीको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘संघीयताबारे कांग्रेसका साथीले केही सोच्नुभएको छ भने म विनम्रताका साथ आग्रह गर्छु, ती सोचका दोकानहरू बन्द गरिदिनुस्,’ महामन्त्री थापाले भने, ‘यो संघीयता हामीले कसैको दबाबका कारणले ल्याएको होइन।’
नेपालमा संघीयताको बहस चल्दा सबैभन्दा पहिला प्रदेश शब्द लेख्ने र उच्चारण गर्ने व्यक्ति कांग्रेस नेता नरहरि आचार्य रहेको थापाले बताए। उनले भने, ‘संघीयताका बारेमा सबैभन्दा पहिला प्रदेश भन्ने शब्दको उच्चारण गर्ने, आफ्नो दस्ताबेजमा लेख्ने, प्रस्ताव गर्ने पहिलो राजनीतिक नरहरि आचार्य हो। तत्कालीन नेपाली कांग्रेसको दस्ताबेजमा पहिलो पटक अब नेपालमा प्रदेश बनाउनुपर्छ भनेर लेखिएको हो।’
यस्तै नेपालको राजनीतिक दस्ताबेज नै पारित गरेर संघीयतामा जाने योजना सार्वजनिक गर्ने पार्टी नेपाली कांग्रेस९प्रजातान्त्रिक० रहेको पनि उनले बताए।


























