राजनीति

भ्रष्टाचार प्रमाणित भए माधव नेपाललाई हुन सक्छ १३ वर्षसम्म जेल !

Banner

काठमाडौं,जेठ २२-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार विशेष अदालतमा दायर गरेको पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल दोषी प्रमाणित भए १३ वर्षसम्म कैद सजाय हुनसक्ने छ । हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसमेत ९३ जनामाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम विगो १८ करोड ५८ लाख ५० हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय माग गरेको छ ।

अख्तियारको माग दाबी अनुसार अध्यक्ष नेपाललाई ८ देखि १० वर्ष कैद सजाय हुन सक्छ । सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन माग दाबी लिइएको छ। उक्त दफा अनुसार सार्वजनिक पद धारणा गरेर व्यक्तिलाई थप सजय हुने व्यवस्था छ । अख्तियारको माग अनुसार नै विशेष अदालतको फैसला आएको खण्डमा माधव नेपालले थप तीन वर्षसहित गरि १३ वर्षसम्म कैद भुक्तान गर्नु पर्ने हुन सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>