राजनीति

देउवाले भने ‘गृहमन्त्रीले राजीनामा दिने कारण छैन’

Banner

काठमाडौं, जेठ २२-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको जिकिर गर्दै संसदको जारी अवरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

उनले ‘भिजिट भिसा प्रकरण’ लाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले गरिरहेको संसद अवरोधप्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्।

बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले गृहमन्त्रीको बचाउ गर्दै भने, ‘ अब त खुल्नुपर्ने हो। अब खुल्छ। किन राजीनामा दिने भन्या?’

उनले कतिपय विषयमा असहमति हुनसक्ने तर त्यसकै आधारमा राजीनामा मागिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। सभापति देउवाले वर्तमान सत्ता गठबन्धन, सुदृढ रहेको र सहज रूपमा अघि बढिरहेको बता‌ए। पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले वर्तमान सरकारले आफ्नो कार्यकाल २०८४ सालसम्मै पूरा गर्ने दाबी समेत गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>