राजनीति

ओलीको निर्देशनमा मुद्दा दायर भएको समाजवादीको आरोप

Banner

काठमाडौँ, जेठ २२-

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एकीकृत समाजवादीका पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएको समाजवादीले आरोप लगाएको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको निर्देशनमा अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप लगाएका हुन् ।

‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ । अहिले मुद्दा दायर गर्नु किन पर्‍यो ?,’ पाण्डेले भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको कुरा हो यो ।’ नेपालको सांसद पद पनि भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>