राजनीति

अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयोः सांसद शाही

Banner

काठमाडौँ,जेठ २२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद् खोल्न तयार भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी ।

शाहीले यसलाई शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण भएको उल्लेख गरेका छन् । यस लाई लक्षित गर्दै उनले अवस्था सुधार्न व्यवस्था सुधार गर्नै पर्ने जिकिर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>