Uncategorized

एमालेले थाल्यो ‘म झोले हो क्याम्पेन’ अभियान

Banner

काठमाडौं, जेठ १९-
गत शनिबारदेखि ‘झोले’ शब्द चर्चामा छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताको झोले भएको बताएपछि यो शब्द चर्चामा आएको हो।

राजसंस्था समर्थक राजा फर्काउने भन्दै आन्दोलनरत छन्। सोमबार तत्कालीन राजा वीरेन्द्र शाह परिवारको स्मृति दिवस परेको भन्दै शोक मनाइरहेको छ।

राजावादीहरू राजसंस्था पुन गद्दिमा फर्काउने भन्दै आफ्नो सामर्थ्य सडकमा प्रस्तुत गर्ने तयारी गरिरहँदा सत्तारूढ नेकपा (एमाले)ले भने सामाजिक सञ्जालमा ‘झोले ट्रेन्ड’ चलाउन थालेका छन्।

‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो,’ एमालेले सुरू गरेको ट्रेन्डमा उल्लेख छ। यसको सुरूआत प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछाड्न आग्रह गर्दै ‘म झोले हो’ भन्ने पोष्ट पोष्ट गरेका थिए। यसअघि आइतबार उनले एक कार्यक्रममा आफू एमालेको झोले भएको कुरा गरेका थिए।

प्रधानमन्त्री ओलीले हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन थालिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ। भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ,’ प्रधानमन्त्री ओलीले पोस्टर सेयर गरेको उक्त पोष्टमा उल्लेख गरेका थिए।

त्यसपछि उक्त पोष्ट प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले सेयर गर्न थालेका थिए। अहिले पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल हुँदै अन्य नेताहरूले धमाधम सेयर गरिरहेका छन्।

संसदीय दलका पदाधिकारीहरूले पनि प्रधानमन्त्री ओलीको सोही पोष्ट सेयर गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>