राजनीति
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति छन्ः गगन थापा

काठमाडौं, जेठ १७-
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवा भन्दा अरु धेरै व्यक्ति प्रधानमन्त्री चलाउन सक्षम रहेको टिप्पणी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ । म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ,’ महामन्त्री थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’ फरक प्रसंगमा थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताए । संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने थापाको भनाइ छ ।
राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन उनले चुनौती दिए । नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताए । नेपालको राजा राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टको बार्गेनिङको कुरा भएको भन्दै मैदानमा आउन अनुरोध गरे ।

























