राजनीति

मानवअधिकार आयोगको कार्यक्रममा प्रधानमन्त्री बहाना बनाएर जानुभएनः शेखर

Banner

काठमाडौँ, जेठ १६-
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले सरकारले गरेका गलत कामहरूलाई गलत भन्न सक्नुपर्ने बताएका छन्।

शुक्रबार (आज) काठमडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। सरकारले गरेका गलत कामहरूलाई गलत भन्न नसक्ने कांग्रेस हुन नसक्ने उल्लेख गर्दै कोइरालाले भने, ‘हामी कुन बाटो लिएर हिँडिरहेका छौँ ? किन सरकारले गरेका गलत कामलाई गलत भनिरहेका छैनौँ ? के कारण हो?’

उनले सरकारमा रहेकाले नबोलेको हो भने त्योभन्दा खराब केही नहुने बताए। ‘खाली हामीले सरकारमा छौँ भनेर नबोल्ने हो त रु त्यो ठीक होइन, सरकारमा छौँ तर, सत्तामा छैनौँ। राज्यको सत्ता बेग्लै हो, सरकार बेग्लै हो। सरकारमा रहेका मन्त्रीहरूले गर्ने हो। जो बाहिर छौँ, हामी फरक हौँ,’ उनले भने।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसको कोइरालासहित राप्रपा, राप्रपा नेपाललगायतका दलहरूले पनि विरोध गरेका थिए। राष्ट्रिय मानवअधिकार आयोगले समेत प्रधानमन्त्रीलाई सचेत गराएको थियो।

यसपछि आयोगको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्। यसै सन्दर्भमा उनले भने, ‘राष्ट्रिय माधवअधिकार, जसलाई संवैधानिक अधिकार दिइएको छ। वक्तव्य जारी गरेर प्रधानमन्त्रीले त्यस्तो बोल्नुहुँदैन भनेर भन्यो। प्रधानमन्त्री त्यहाँ जानुपर्ने थियो, बहाना बनाएर जानुभएन। वार्षिकोत्सवमा नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>