राजनीति

११ महिनापछि शेखर-गगनबीच भेटवार्ता

Banner

काठमाडौँ, जेठ १६-

नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताद्वय डा शेखर कोइराला र गगन थापाबीच भेट भएको छ। कोइराला र थापाबीच शुक्रबार (आज)११ महिनापछि भेटवार्ता भएको हो।

नेता सञ्जय कुमार गौतमका अनुसार दुई नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा सरकार, पार्टीसँगै १५औं महाधिवेशन केन्द्रित छलफल भएको छ।
कोइराला थापाबीच यसबीचमा लामो समय भेटवार्ता भएन। उनीहरूबीच पछिल्लो पटक २०८१ असार ३० छलफल भएको थियो। त्यसयता उनीहरूका बीचमा भेटवार्ता भएको थिएन।

तर, आज भने संवादहीनताको अवस्थालाई तोड्दै उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच वान् अन वान् वार्तासमेत भएको छ। आजको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारलगायत थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>