राजनीति

माओवादीले भन्यो: गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोज्यो

Banner

काठमाडौं, जेठ १५
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणविरुद्ध सदनभित्र विपक्षीले सुरु गरेको संघर्ष जारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोेलेका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले संघर्ष गरिरहेको बताएका हुन् ।

उनले आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए ।

‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो,’ उनले भने, ‘भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन ? कारबाही गर्न यो सरकार बनेको होइन? यसरी जनतालाई गुमराहमा राख्न खोजिएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>