राजनीति
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने
०

काठमाडौं, जेठ १५-
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले आज दिउँसो २ बजे रत्नपार्कमा गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ।
प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर आजको आन्दोलनमा सहभागी नहुने उल्लेख गरेको हो।
महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले विज्ञप्ति निकालेर राप्रपा नेतृत्वको आन्दोलनमा आफूहरू सहभागी नहुने उल्लेख गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























