राजनीति
व्यवस्थाविरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान

काठमाडौं, जेठ १५-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबारदेखि सुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो आह्वान गरेका हुन् ।
उनले व्यवस्थाविरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गरे । जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न लागि व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गरे ।
आज पार्टीको स्थापना दिवस हो । आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ । वर्तमान अवस्थामा परिवर्तन गर्नको लागि व्यवस्थामा परिवर्तन अनिवार्य छ । यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन । सम्पूर्ण देशवासीको हो । नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन समेत हो । त्यसकारण यो साझा आन्दोलनमा सहयोग र समर्थन गर्नको लागि हार्दिक अपिल गर्दछु,उनले भने ।
























