राजनीति

काठमाडौंका सात ठाउँबाट राजावादीको जुलुस निस्किने

Banner

काठमाडौं, जेठ १५-

राजसंस्था पुनर्स्थापनाको माग राख्दै आजबाट काठमाडौं केन्द्रित संयुक्त जनआन्दोलन सुरु हुँदैछ । संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिनबाट अनिश्चितकालीन आन्दोलन थालिएको हो ।

काठमाडौंको रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने भएको छ । सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउसो दुई बजे रत्नपार्कमा आएर मिसिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>