राजनीति

भिजिट भिसामा विदेश जानु अघि वा पछि कसले कति घुस तिर्न बाध्य बनाएको भन्नेबारे प्रमाण दिन सोबिताको आग्रह

Banner

काठमाडौं, जेठ १४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले भिजिट भिसामा विदेश गएका नेपाीलालाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी छिन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दैँ सांसद गौतमले विदेश जानु अघि वा पछि कसले कुन माध्यमबाट कति घुस तिर्न बाध्य बनाएको ? भन्नेबारे प्रमाण दिन आग्रह गरेकी हुन् ।

उनले आफ्नो इमेल [email protected] मा प्रमाण पठाउन आग्रह गरेकी छिन् ।

‘अन्याय सहेर बस्ने होइन । बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौं,’ उनले भनेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>