राजनीति
राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग
०

काठमाडौं, जेठ १४-
राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले अध्यागमनमा भएको ठूलो मानव तस्करीमा गृहमन्त्री लेखक जोडिएको आरोप लागेको भन्दै उनले राजीनामा माग गरेका हुन् ।
पछिल्लो घटनाका कारण अन्तर्राष्ट्रिय स्तरमै राम्रो सन्देश गइरहेको छैन,’ उनले भने, ‘अध्यागमनमा भर्खरै ठूलो मानव तस्करीको घटना घट्यो । यसमा गृहमन्त्री आफैं मुछिएको घटना बाहिर आएको छ, उहाँले राजीनामा दिएर अनुसन्धानको लागि मार्गप्रशस्त गर्नुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























