राजनीति

प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजे पनि हामी संयमित रहनेछौंः ज्ञानेन्द्र शाही

Banner

काठमाडौं, जेठ १४-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले सरकारविरुद्ध सडक र सदनबाट निरन्तर संघर्ष गर्ने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले सरकारविरुद्धको संघर्ष शान्तिपूर्ण हुने बताए ।

‘यो सरकारका विरुद्ध हामी सडक र सदनबाट निरन्तर अघि बढ्नेछौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ,’ शाहीले भने, ‘प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजे पनि हामी संयमित रहनेछौं ।’

उनले १५ जेठको आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्रीले दिएका अभिव्यक्ति संविधानविरोधी रहेको पनि बताए । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>