राजनीति

गृहमन्त्री लेखकबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

Banner

काठमाडौँ,जेठ ११-

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक बोलाएका छन्। समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सोमबार बैठक बोलाइएको हो। कांग्रेसका एक नेताका अनुसार गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागन विवादबारे पनि छलफल हुने बताए।

पार्टी भित्र र बाहिर लेखकलाई राजीनामा दिन चौतर्फी दबाब बढिरहेका बेला पार्टीमा समेत त्यो विषयमा छलफल हुने भएको हो। अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ। उनले आरोप अस्वीकार गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>