राजनीति

मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छः गृहमन्त्री लेखक

Banner
धनुषा, जेठ १०-
गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् । शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताएका हुन् ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र लागिपर्ने उनको भनाई थियो । अहिले आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरू बिचको संयुक्त सरकार बनाउन केही जटिलताहरू रहेको बताए ।
उनले भने-‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो नेतृत्व गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । साथीहरूले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौँ । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिस्पर्धी पार्टीका बिचमा सरकार संयुक्त रूपमा सञ्चालन गर्ने कुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् । त्यसलाई तपाईँहरूले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’
पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठुलो परिवर्तन भएको उनको दाबी थियो । (न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>