राजनीति

राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई शेखरको सुझाव

Banner

काठमाडौं,जेठ १०-

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । उनले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् । कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने बताए ।

नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेन्ट क्लबजस्तो बनेकाले कर्मचारीहरूका लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे । उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरूले जनमतसंग्रहबाट डराउन नहुने जिकिर गरे । कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमतसंग्रह गराउन सक्नुपर्ने उनको भनाइ छ ।

नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको बताए । उनले कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>