राजनीति

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो

Banner

काठमाडौँ, जेठ ९—
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले धरौटीमा छोड्ने आदेश उल्टाउँदै पुर्पक्षमा पठाएपछि लामिछानेले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए ।

पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>