राजनीति

राजावादीको आन्दोलन प्रतिबन्ध लगाउने संवैधानिक हक सरकारसँग छ, टुलुटुलु हेरेर बस्दैन: सञ्चारमन्त्री

Banner

काठमाडौँ, जठ ८-

सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजतन्त्रको पक्षमा आन्दोलन गरिरहेकाहरुलाई उदारतापूर्वक सभासम्मेलन गर्न दिइएको भन्दै त्यसलाई कमजोरीका रुपमा नलिन चेतावनी दिएका छन्।

‘हामीले उदारतापूर्वक संविधानको, स्थापित लोकतान्त्रिक मूल्यमान्यताको विरोध गर्ने र यो शासन उल्ट्याउन खोज्नेलाई पनि सभा संगठन गर्ने, बोल्ने छुट दिएकै छौँ,’ गुरुङले भने, ‘त्यो हाम्रो कायरता होइन। हाम्रो कमजोरी होइन। हामी डराएर गरेको होइन। त्यसरी दिँदा उनीहरुले हाम्रो कमजोरी नठाने हुन्छ। यो त हामीले उदारतापूर्वक अभ्यास गरुन न भनेर छुट दिएको कुरा हो।’

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रमाम उनले सधै यस्तो छुट दिन नसकिने समेत बताए। गुरुङले भने, ‘तर, सधै यस्तो संविधान विरोधी, जनता विरोधी, व्यवस्था विरोधी क्रियाकलाप गरिराखे भने त्यो चिजलाई सधै सहेर बस्न सकिँदैन्।’

आवश्यक परे राजावादीहरुको कार्यक्रममा प्रतिबन्ध लगाउने संवैधानिक हक पनि सरकारसँग भएको उनको भनाइ छ। ‘सरकार सधै टुलुटुलु हेरेर बस्दैन, त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट,’ मन्त्री गुरुङले भने, ‘उनीहरुले आन्दोलन गर्ने भनेको छ, हामीले आजको दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने संवैधानिक, कानुनी अधिकार सरकारसँग छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>