राजनीति

रास्वपाले भन्यो ‘हामी राजसंस्थाको पक्षमा छैनौँ’

Banner

काठमाडौँ, जेठ ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आफूहरू राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन्। राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सहकार्यका लागि पत्र पठाएपछि अर्यालले यस्तो बताएका हुन्। रास्वपा वर्तमान संविधान र व्यवस्थाका प्रति स्पष्ट रहेको बताउँदै राजावादीको आन्दोलनमा ऐक्यबद्धता नभएको बताए ।

पत्र पठाउनुअघि सुवेदीले अर्याललाई भेट्न खोजेका थिए तर, अर्यालले नभेट्ने बताएपछि सुवेदीले पार्टी मुख्यालय वनस्थली पत्र पठाएका हुन्।

पत्रमा सुवेदीले रास्वपा पनि वर्तमान व्यवस्थासँग खुसी नभएको आफ्नो बुझाइ रहेको उल्लेख गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको बुझाइ पनि त्यही भएको आफूले बुझेको उनले उल्लेख गरेका छन्। कतिपय रास्वपा नेताहरूले आफ्नो तहबाट गणतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। तर, रास्वपाले संस्थागत रूपमा भने बोलेको छैन। गणतन्त्रको पक्षमा नखुल्दा रास्वपाका प्रति आलोचना हुने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>