राजनीति
विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिए: ऊर्जामन्त्री
०

काठमाडौं, जेठ ७-
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै खड्काले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम भइरहेको बताए ।
‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक-पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैल्याउने काम भएको छ,’ उनले भने, ‘पटक-पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’
विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणले कारणसहित सूचना दिने गरेको खड्काले स्पष्ट पारे ।