देश/प्रदेश

पोलमा चढेर काम गरिरहेको युवाको करेन्ट लागेर मृत्यु

Banner

काभ्रे, जेठ ३-

काभ्रेको धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ । धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका विद्युतका एक जना मजदुरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सर्लाही ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश नेपालीको मृत्यु भएको छ । ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>