देश/प्रदेश

श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

Banner

म्याग्दी, जेठ २-

म्याग्दीमा श्रीमान्-श्रीमती एक कामदारको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा श्रीमान्-श्रीमतीले घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका हुन्।

आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षका मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरेका हुन्।

गत वैशाख २८ गते बेवारिस शव भेटिएको थियो । हाल अभियुक्त दम्पतीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>