क्रिकेट

चितवन जिल्ला यु–१६ छनोटः ग्रीन ग्लाडियर्टस् र मरुन मेट्स विजयी

Banner

चितवन, वैशाख २५–
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा बिहीबारदेखि ‘यु–१६ जिल्ला छनोट प्रतियोगिता’ बिहीबारदेखि सुरु भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु भएको छनोट प्रतियोगितामा पहिलो दिन ग्रीन ग्लाडियर्टस र मरुन मेट्स विजयी भएका छन् । पहिलो खेलमा ग्रीन ग्लाडियर्टस्ले रेड नाइट्सलाई २ विकेटले पराजित गर्‍यो । रेड नाइट्सले दिएको १६३ रनको लक्ष्य पछ्याएको ग्रीन १७.५ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो । उसका लागि अभिषेक यादवले ४८ र सन्देश सुवेदीले ४५ रन बनाए ।
रेड नाइट्सका रिजन लोहनीले ३ र प्रिन्स पौडेलले २ विकेट लिए भने आर्शिवाद रुवाली १ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको रेड नाइट्स कप्तान सुर्यांशु कोइरालाको शतकीय पारीमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । सूर्यांशु १०१ रनमा रिटार्यट हर्ट भए । प्रयोगराज खनालले ११ रन बनाए । ग्रीनका दिवस नराल र शिक्षित सापकोटाले एक–विकेट लिए । टिम पराजित भए पनि प्रतियोगितामा पहिलो शतक प्रहार गरेका सूर्यांशु प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै दोस्रो खेलमा मरुन मेट्सले ब्लु स्टारलाई ६ विकेटले पराजित गर्‍यो । ब्लु स्टारले दिएको ९१ रनको झिनो लक्ष्य पछ्याएको मरुन १२.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो । उसका लागि उत्सब भुषालले १५ रन बनाए । मरुनले ३५ रन अतिरिक्त पाएको थियो ।
ब्लु स्टारका आरुष प्रजापतिले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ब्लु स्टारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको थियो । उसका लागि अश्रिन रिजालले सर्वाधिक १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेन ।
मरुनका दिवस सुवेदी र राज प्रताप क्षेत्रीले समान २–२ विकेट लिए भने र आषुतोष कुमार यादव र प्रशम रिमालले एक–एक विकेट लिए । मरुनका दिवस प्लेयर अफ दि म्याच घोषित भए ।
एसियन क्रिकेट काउन्सीलको कार्यक्रम अनुसार जुन २०२५ मा संचालन हुन लागेको एसीसी पुरुष यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । त्यस अनुरुप यही वैशाख २८ गतेभित्रमा यु–१६ जिल्ला छनोट प्रतियोगिता आयोजना गर्न निर्देशन बमोजिम चितवन जिल्ला क्रिकेट संघले ‘यु–१६ चितवन जिल्ला छनोट प्रतियोगिता’ आयोजना गरेको हो । प्रारम्भिक छनोट चरणबाट ५६ जना खेलाडीलाई ४ टिममा विभाजन गरेर यो प्रतियोगिता गरिएको हो । विजेताले आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>