घटना -दुर्घटना

सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते

Banner

काठमाडौं, वैशाख २०-

डडेल्धुराबाट धनगढीका लागि छुटेको इभी गाडी सहजपुरमा दुर्घटनामा परेको छ ।

परशुराम नगरपालिका–१२ जोगबुडाबाट धनगढीका लागि छुटेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको इभी हायस र धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०२००१६ प १२५२ नम्बरको बस चुरे गाउँपालिका–३ सल्लेरीमा ठोक्किएका हुन् ।

दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते हुनेमा इभी चालक परशुराम–१२ का २६ वर्षीय कमल धामी, इभीमा सवार सोही ठाउँकी ९ वर्षीया प्रतीक्षा सिंजा मगर र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ३० वर्षीया निर्मला भट्ट रहेका छन् ।

उनीहरूको धनगढीका अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ । अरु यात्रु सकुशल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>