सडक निर्माणा/देश विकाश

वैकल्पिक सडक स्तरोन्नति गरिँदै

Banner

ढोरपाटन (बागलुङ), वैशाख १७-

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी सडक स्तरोन्नति गर्न थालिको छ ।

विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो । ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला गाउँपालिका–५ निसीसम्म २५ किलोमिटर रहेको उक्त सडकको दुई खण्डमा स्तरोन्नति गर्न थालिएको छ ।

पहिलो खण्ड झिम्पाखोलादेखि ढाँडसम्मको पाँच किलोमिटर एम-एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र दोस्रो खण्ड पाखुट्टदेखि माँडेसम्मको दुई किलोमिटर बागलुङ कालीगण्डकी निर्माण सेवाले जिम्मा लिएर काम गरिरहेका छन् । पहिलो खण्ड निसीखोला गाउँपालिकाले चालु् आर्थिक वर्षमा सविनियोजन गरेको रु ९८ लाख ४७ हजार र दोस्रो खण्ड सङ्घीय सरकारले विनियोजन गरेको रु ५९ लाख ७३ हजार १७६ मा स्तरोन्नति हुन थालेको हो ।

पहिलो खण्ड गत चैत २२ गते सम्झौता गरी काम सुरु भएको थियो भने दोस्रो खण्ड २०८१ पुस २ गते सडक डिभिजन कार्यालय बागलुङमार्फत सम्झौता भएको थियो । यस खण्डमा सडक चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सागर भण्डारीले जानकारी दिनुभयो । जेठ मसान्तसम्म सक्ने उक्त खण्डको काम अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको उहाँको भनाइ छ ।

पहिलो खण्डमा हालसम्म ३० प्रतिशत काम भएको एम÷एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक इन्जिनियर रमेश अर्यालले जानकारी दिनुभयो । यस खण्डको विभिन्न ठाउँमा ह्युम पाइप हाल्ने, नाली निर्माण गर्ने र सडक फराकिलो बनाउने कार्य भइरहेको उहाँको भनाइ छ । आगामी असार १० गतेसम्म सक्ने गरी काम भइरहेको अर्यालले बताउनुभयो ।

पाखुट्टे–झिम्पा–निसी सडकका लागि गाउँपालिकाले अहिलेसम्म रु चार करोड बढी रकम खर्च गरिसकेको छ । यस सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि विभिन्न अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो । उक्त सडक नौ वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले रु दुई–दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख संकलन गरि कूल रु ६१ लाखमा ट्रयाक खोलिएको थियो ।

निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले अघिल्लो आर्थिक वर्षहरुमा वैकल्पिक सडक स्तरोन्नति गर्नका लागि करोडौँ रकम खर्च गरिसकेको बताउनुभयो । सडक स्तरोन्नति नहुँदा स्थानीय लामो समयदेखि हिलो र धुलोबाट आजित हुने परेको भन्दै अब उक्त समस्याबाट मुक्त हुने उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नुभयो, “यो सडक खुलेको एक दशक हुन थाल्यो, स्रोत अभावका कारण एकैपटक सबै सडक स्तरोन्नति गर्न सकिँदैन, त्यसले गर्दा हरेक वर्ष थोरै थोरै बजेट विनियोजन गरेर काम हुँदै आएको छ, सबै खण्ड एकैपटक स्तरोन्नति गर्न नसकिँदा सडक छेउका नागरिकले हिलो र धुलोबाट समस्या भोग्नुपरेको छ, विस्तारै यो समस्या समाधान हुनेछ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>