क्रिकेट

आईपीएलमा १४ वर्षीय वैभवले बनाए ३५ बलमै शतक

Banner

काठमाडौं,बैशाख १६-

इन्डियन प्रिमियर लिग (आईपीएल)मा १४ वर्षका वैभव सूर्यवंशीले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरेका छन् । यससँगै उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । समग्रमा उनले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् ।

१४ वर्षीय वैभव सूर्यवंशीको शतकको मद्दतले राजस्थान रोयल्स (आरआर)ले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो । जयपुरको सवाई मानसिंह रंगशालामा राजस्थानले २१० रनको लक्ष्य १६औं ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । पहिले ब्याटिङ गर्दै गुजरातले ४ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।

सूर्यवंशीले आईपीएलको एकै इनिङ्समा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि बराबरी गरेका छन् । मुरली विजयले २०१० मा राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्सका लागि ११ छक्का प्रहार गरेका थिए। वैभव राजस्थानका लागि एक इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी पनि बने । उनले २०१८ मा बैंगलोरविरुद्ध सञ्जु स्यामसनको १० छक्काको रेकर्ड तोडे।

राजस्थानले गुजरात टाइटन्सविरुद्ध आईपीएलमा सबैभन्दा धेरै रन चेज गर्ने रेकर्ड बनाएको छ। टोलीले २१० रनको लक्ष्य १५.५ ओभरमा पूरा गर्‍यो । यसअघि कोलकाता नाइट राइडर्स (केकेआर)ले २०२३ मा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध २०५ रनको लक्ष्य पछ्याएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>