अन्तर्राष्ट्रिय

जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले भनेः पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्

Banner

काठमाडौं, बैशाख १५-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि उनले यस्तो आरोप लगाएका हुन् । ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथसोसियलमा पोस्ट गर्दै भनेका छन् कि रुस र युक्रेनको मामिलामा जतिसुकै राम्रो युद्धविराम सम्झौता गरे पनि उनको आलोचना हुनेछ ।

क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार रोम पुगेका ट्रम्पले त्यहाँ जेलेन्स्कीलाई भेटेका थिए । सेन्टर पिटर्स स्क्वायरमा भएको यो छोटो बैठकको तस्बिर युक्रेनी अधिकारीहरूले जारी गरेका छन् । उनले फेरि दाबी गरे, यो युद्ध कहिल्यै हुनुहुँदैनथ्यो र यदि म राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन। राष्ट्रपतिको रूपमा शपथ लिनुअघि नै ट्रम्पले आफू त्यहाँ भएको भए युद्ध समाप्त हुने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>