घटना -दुर्घटना

काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते

Banner

काभ्रे, वैशाख ५-

रोशी गाउँपालिका-१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् ।

बिहीबार दिउँसो लागेको आगलागी परेर रेग्मीकी ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् ।

बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको थियो ।

घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>