Breaking News

चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आज कुवेतसँग खेल्दै नेपाल

Banner

काठमाडौं, चैत ३१-

हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आइतबार नेपालले कुवेतसँग खेल्दै छ। हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजे फाइनल खेल हुनेछ। हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो।

लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको थियो। लिग चरणमा कुवेतले हङकङलाई ४ विकेटले र कतारलाई ६ विकेटले पराजित गरेको थियो।

कुवेतले समूह चरणमा हङकङ र कतारलाई पराजित गरेको थियो। नेपाली टिममा नेपाली टोली रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>