Breaking News
दुर्गा प्रसाईं बोकेको जहाज काठमाडौंमा ल्यान्ड
०

काठमाडौँ, चैत २९-
दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौँ पुर्याइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई विमान मार्फत काठमाडौँ पुर्याइएको हो ।
उनीहरूलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं पुर्याइएको छ । प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए । उनलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटनापछि प्रसाईं भागेर भारत पुगेका थिए ।
तस्बिरः राजकुमार ओली-रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























