समाचार

पाणिनी तपोभूमि पुगे प्रधानमन्त्री ओली

Banner

लुम्बिनी, चैत २७-

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गर्नुभएको छ ।

दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो । संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>