तनहुँ
तनहुँमा ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु
०

बन्दीपुर, चैत २६-
बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ ।
व्यास नगरपालिका–९ का ४० वर्षीय सुकबहादुर गुरुङको आज दुर्घटनामा परेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर चालक गुरुङको मृत्यु भएको हो ।
ढुङ्गाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























