खेलकुद
आर्मी छाडेर एपीएफ क्लबमा गोलकिपर अन्जना
०

काठमाडौँ, चैत २५-
त्रिभुवन आर्मी क्लब छाडेर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली नेपाल एपीएफ क्लबमा अनुबन्ध भएकी छन् ।
विगत ९ वर्षदेखि त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी अन्जनाले अब एपीएफको जर्सीमा फुटबल खेल्नेछिन् । एपीएफले अन्जनालाई करारमा अनुबन्ध गरेको जनाएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले हाल ग्रीसमा व्यावसायिक फुटबल खेल्दै गर्दा सावित्री किसनले एपीएफको पोष्ट सम्हालेकी थिइन् ।