कृषि

कृषकलाई चैते धानको बीउ अनुदानमा

Banner

गण्डकी, चैत २५-

पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।

महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिनुभयो । महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>