बजार
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
०

काठमाडौं,चैत २३-
नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिन (शुक्रबार)को भन्दा १ हजार ९ सय रुपैयाँले कम हो।
त्यस्तै, चाँदीको मूल्य पनि घट्दै आइतबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा झरेको छ। शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ७० रुपैयाँ थियो, जसअनुसार आज ७० रुपैयाँको गिरावट आएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























