घटना -दुर्घटना

ट्याक्टरबाट लडेर एकजनाको मृत्यु

Banner

काठमाडौं, चैत २१-

झापाको झापा गाउँपालिकामा ट्याक्टरबाट लड्दा एकजनाको मृत्यु भएको छ ।

झापा गाँउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट बुधबार साँझ खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

‘लिप्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट लडेर घाइते भएका थिए। प्रादेशिक अस्पताल भद्रपुरमासाँझ साढे ६ बजे उपचारको क्रममा मृत्यु भएको प्रवक्ता खड्काले बताए।

ट्याक्टर धनी एवं चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>