समाचार

फिल्म लाज शरणममा कुपोषित पात्रको भूमिकामा रहेका बालकको कुपोषणकै कारण मृत्यु

Banner

काठमाडौं,चैत १९-

फिल्म लाज शरणममा कुपोषित बालकको पात्रका रुपमा चित्रण गरिएका १६ वर्षीय बालक विकास केसी वास्तविक जीवनमै कुपोषणको सिकार थिए । फिल्ममा कुपोषणको कारण उक्त पात्रको मृत्यु हुन्छ । फिल्ममा उक्त दृश्य सबैभन्दा हृदय विदारक हुन्छ । कुपोषणकै कारण उनको मंगलबार मृत्यु भएको छ । फिल्म निर्माण टिमले उनको मृत्यु भएको सामाजिक सन्जालमार्फत जानकारी दिएको छ । मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ ।

हामीले उहाँहरुसँग उपचार र परिवारलाई सहयोगको प्रतिबद्धता गरेका थियौँ, निर्देशक कुमार कट्टेलले फेसबुकमा लेखेका छन्, जसअनुसार सुटिङपछि तत्काल उहाँको उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइयो । ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर गर्‍यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको थियो । उनले आफूहरूले बालकलाई केही सहयोग गरेको पनि जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>