समाचार
कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ
०

काठमाडौं,चैत १६-
राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नुवाकोट विदुर गाउँपालिका ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
वृत्तका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका( ७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका १६ १७ वर्षीया सुस्मिता बराललगायतलाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























