अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको जंगलमा भीषण डढेलो, २७ जनाको मृत्यु

Banner

काठमाडौं, चैत १४-

दक्षिण कोरियाको जंगलमा लागेको भीषण डढेलोमा हालसम्म कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाली गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । स्थानीय अधिकारीहरूले मृतकमध्ये धेरैजसो ६० देखि ७० वर्षका रहेको जनाएका छन् ।

जंगल लागेको भीषण डढेलोमा परी ३२ जना घाइते भएका छन् । यसअघि डढेलोमा २६ जनाको मृत्यु र ३० जना घाइते भएको पुष्टि भएको थियो ।

डढेलोका कारण हजारौँ मानिस विस्थापित भएका छन् । डढेलोबाट धेरै प्राचीन स्थलहरू पनि प्रभावित भएको जनाइएको छ । यसमा १ हजार ३०० वर्ष पुरानो बौद्ध मन्दिर पनि समावेश छ, जुन जंगलमा भएको डढेलोका कारण नष्ट भएको थियो ।

डढेलो दक्षिण कोरियाको दक्षिण–पूर्वी जंगलहरूमा लागेको जनाइएको छ । मार्च २१ बाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । डढेलो एक हप्ताभित्र ३५ हजार हेक्टरभन्दा बढी जंगल फैलिएको छ ।

तीव्र हावा र सुख्खा जमिनका कारण आगो द्रुत गतिमा फैलिएको जनाइएको छ । तीव्र हावाका कारण हेलिकोप्टर उडाउन कठिन भएको छ । मंगलबार आगो निभाउने प्रयास गर्दा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>