अन्तर्राष्ट्रिय

यमनको राजधानी सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण सुरु

Banner

काठमाडौँ,चैत ९-

अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण सुरु गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तीमा नौ जना घाइते भएका छन् ।

अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः सुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ ।

हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

२०१४ मा गृहयुद्ध सुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसाबले महत्त्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठुलो भाग नियन्त्रण गरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area