खेलकुद

भारतमा आजदेखि आईपीएल सुरु हुँदै

Banner

काठमाडौं, चैत ९-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण शनिबार शुरु हुँदैछ। सिजनको पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स केकेआरले रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीच प्रतिस्पर्धा हुँदैछ।

उद्घाटन खेल कोलकाताको ईडेन गार्डेन्स स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ। त्यसअघि विशेष कार्यक्रमसहित उद्घाटन समारोह गरिनेछ। जसमा बलिउडका चर्चित कलाकारहरुको प्रस्तुति रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उद्घाटन समारोहसहित खेल पनि वर्षाले प्रभावित हुन सक्ने आँकलन गरिएको छ। भारतीय मौसम विभागले कोलकातामा दिनभरि बदली हुने र साँझमा वर्षा हुने सम्भावना रहेको बताएको छ।

यद्यपि दुवै टोली आज जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछन्। गत सिजनको विजेतासमेत रहेको घरेलु टोली कोलकाता अजिन्क्या रहाणेको कप्तानीमा मैदान उत्रिँदा बैंग्लुरुको कप्तानी रजत पाटीदारले सम्हाल्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>