खेलकुद

सन्दीप जोराको अर्धशतकमा एपीएफले सुदूरपश्चिमलाई हरायो

Banner

काठमाडौं, चैत ८-

सन्दीप जोराको अर्धशतकमा एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराएको हो ।

सुदूरले दिएको १९२ रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि सन्दीप जोराले ६८ बलमा ५ चौकासहित ५१ रन बनाए । आसिफ शेखले ३२ रन बनाए ।

सुदूरका लागि शेर मल्ल, विकास आग्री र नारायण जोशीले १(१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४८.५ ओभरमा १९१ रन बनाएको थियो । निश्चल क्षेत्रीले ५७ तथा प्रकाश पाण्डेले ४२ रन बनाएका थिए ।

एपीएफका रोहित पौडेल र अमरसिंह राउटेलाले ३-३ विकेट लिँदा भुवन कार्कीले २ र अभिषेक गौतमले १ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>