अर्थ वार्ता
एक तोला सुनको मूल्य एक लाख ७० हजार
०

काठमाडौँ, फागुन ९-
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ ।
बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।
आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























