Breaking News
भारतको केआइआईटीमा मृत्यु भएकी प्रकृतिको शव भैरहवा ल्याइयो
०

भैरहवा, फागुन ८-
भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआईटी)मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ।
लम्सालको शव परीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो।
सिद्धार्थनगर नगरपालिका–८ घर भएका लम्साल परिवारका केही सदस्य आउन ढिलो भएका कारण शव भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























