अन्तर्राष्ट्रिय
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता
०

काठमाडौं, फागुन ७-
भारतीय जनता पार्टीले दिल्ली व्यवस्थापिका दलको नेतामा रेखा गुप्तालाई चयन गरेको छ । यससँगै अब उनी नै दिल्लीको नयाँ मुख्यमन्त्री हुने भएकी छन् । व्यवस्थापिका दलको नेतामा निर्वाचित भएपछि रेखा गुप्ताले भनिन्, यहाँ मलाई आशीर्वाद दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। मेरा सबै साथी विधायकहरूले आफ्नो समर्थन दिएर मलाई यो जिम्मेवारी दिनुभएको छ। म तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु। उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा हुनेछिन् । उनको शपथ बिहीबार हुँदैछ ।
दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो। अन्तत रेखाले बाजी मारेकी हुन् ।