समाचार
शिवरात्रिमा पशुपतिमा निःशुल्क सेवा दिन चाहनेलाई खुल्यो निवेदन
०

काठमाडौं,फागुन ७-
शिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क सेवा दिन चाहनेका लागि निवेदन खुलेको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार सूचना प्रकाशित गरी १४ फागुनमा परेको शिवरात्रिमा निःशुल्क सेवा दिन चाहने व्यक्ति तथा संस्थासँग निवेदन माग गरेको हो ।
निःशुल्क स्वयंसेवा, चिया, पानी तथा भोजन वितरण, स्वास्थ्य शिविर सञ्चालन गर्न चाहनेले यस्तो निवेदन दिन सक्ने भएका छन् । व्यक्ति तथा संस्थाले ११ फागुन आइतबारभित्र कोषमा बुझाउन सक्नेछन् । शिवरात्रिका दिन निःशुल्क बाहेक व्यावसायिक हिसाबले शुल्क लिई भोजन, चिया नास्ता बिक्री वितरणमा भने रोक लगाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























