काठमाडौँ

चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः बालेन

Banner

काठमाडौं, फागुन ७-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै यसबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागीता बढाउनुपर्ने उनको भनाइ थियो ।

‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरू पनि एउटा माध्यम हो । हामी सृजनशील भयौं भने नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ,’ मेयर शाहले भने, ‘पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने प्रयास गर्दै जान्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>